१० मंसिर २०८१, सोमबार
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले नयाँ होण्डा एक्स् ब्लेडलाई नेपाली बजारमा लन्च गरेको छ ।
१६० सिसि अन्तर्गतको मोटरसाइलहरुमा रोबो–फेस एलइडी हेड ल्याम्प प्रयोग गर्ने होण्डा एक्स् ब्लेड पहिलो मोटरसाइल हो ।
नेपालको सडकहरुका लागि अति उपयुक्त यस बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको छ ।
भारतीय बजारमा केहि समय अगाडि लन्च भएको यस मोटरसाइलको नेपाली बजारमा पनि उल्लेखनीय माग भएको कारण होण्डाले यस बाइकलाई नेपाली बजारमा लन्च गर्न लागेको हो ।
५ विभिन्न रङ्गमा उपलब्ध यस बाइकमा स्ट्रिट–टेक डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट मफलर, रेजर एड्ज एलइडी टेल ल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन जस्ता धेरै विशेषताहरु रहेका छन् ।