भदौ २० गतेबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरु आन्दोलनमा जाने

होमल्याण्ड खबर

२०७५ भाद्र १९ गते, मंगलवार १२:४५ मा प्रकाशित

नेपाल पेट्रोलियम ट्याङकर चालक संघ आन्दोलनमा उत्रने भएको छ। संघले भदौ २० गतेबाट आन्दोलनमा जाने गरि विविध कार्यक्रम सार्वजनिक गरेको छ ।

तलव वृद्धी लगायत १८ बुँदे माग राखि वाणिज्य तथा आपूर्ती मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग राखेको माग सम्वोधन गर्न तदारुकता नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघले भदौ २० गते आयल निगमको डिपोमा विरोधस्वरुप कोणसभा गर्ने, २१ गतेदेखि ट्याङकरहरुमा कालो झण्डा राखी विरोध गर्ने उल्लेख छ । २६ गतेसम्म पनि संघले राखेको माग पुरा नभए भदौ २७ देखि पेट्रोलियम पदार्थ नउठाउने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भदौ ३० गतेसम्म पनि मागहरु सम्वोधन नभए ३१ गतेबाट पेट्रोलियम ढुवानी गर्ने सवारी साधनको साँचो पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिएका छन् ।