नेपाल–चीन तेस्रो परामर्श बैठक आज

होमल्याण्ड खबर

२०७५ भाद्र २० गते, बुधबार १२:१२ मा प्रकाशित

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा प्रारम्भ हुँदैछ ।

दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नेछन् भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालय अन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्नेछन् ।

बैठकमा उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।