१० मंसिर २०८१, सोमबार
नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ । खाना पकाउने ग्यासको नयाँ मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि बढाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य वृद्वि गरेको हो ।
स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको र नयाँ मूल्य बुधबार मध्यरातिदेखि नै लागु भएको पनि उनले बताए ।
नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेललाई ९८÷९८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।