१० मंसिर २०८१, सोमबार
महिन्द्राको कमर्सियल भेहिकल आयातकर्ता एमभी दुगड ग्रुपले म्याक्सिमो पिकअपको एचडी भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ पिकअपलाई ‘प्रोफिट ट्रक’ भनिएको छ । हेभी ड्युटी सेरिजमा ८ पत्ताको बलियो अगाडीको भागमा सस्पेन्सन रहेको उक्त सिरिजले ग्राहकलाई अगाडी बढाउन र बृहत फाइदा दिने अपेक्षा राखिएको छ ।
म्याक्सिमो ८ पत्ता बलियो सस्पेन्सनसहित ८ सय ५० केजी भार बहन गर्न सक्ने र २६ एचपीको उत्कृष्ठ गुणस्तर इन्जिन प्रयोग गरिएको पिकअप हो । लामो दुरीमा गुडाउन मिल्ने र अन्य सवारीको तुलनामा बढी आर्जन गर्न यस्ले सामर्थ राख्ने अपेक्षा कम्पनीको छ ।
कम्पनीले म्याक्सिमो एचडी सिरिजको नयाँ गाडीले ग्राहकको आयआर्जन क्षमतालाई मजबुद पार्ने दावी गरेको छ ।
सिरिजको नयाँ गाडी निलो र सेतो हिरा सहितको आकर्षक रंगमा बजारमा उपलव्ध हुने कम्पनीले जनाएको छ ।
सो समारोहमा एमभी दुगडका उपाध्यक्ष विवेक दुगडले अहिले बजारमा सार्वजनिक गरिएको गाडीले थप प्रभावकारी कार्यसम्पादन गर्दै उपभोक्ताको सन्तुष्टि बढाउने अपेक्षा राखेको दावी गरे । महिन्द्रा कमर्सियल गाडीको ५० हजार सन्तुष्ट ग्राहक रहेको पनि उनले जानकारी दिए ।
यस पिकअपको पावर २६ एचपी र टर्क ३९ एनएम रहेको छ । गाडीको सामान बोक्ने भागको लम्बाइ बढाएर ७.५ फिट पुर्याइएको छ । १ सय ५८ एमएम ग्राउन्ड क्लियरेन्स रहेकाले जुनसुकै बाटोमा दौडाउन असहजता महसुस गर्नु पर्दैन ।
मंगलबार सार्वजनिक गरिएको गाडी ५१ वटा बुकिङ भइसकेको जनाइएको छ ।