माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ भाद्र २१ गते, बिहीबार १६:२६ मा प्रकाशित

माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नुर प्रकाश प्रधानले हस्ताक्षर गरे।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बिमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा  एक सय १५ स्थानबाट ग्राहक सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।