मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ भाद्र २२ गते, शुक्रबार १२:२१ मा प्रकाशित

मेगा बैंक नेपाल र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत र विना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सीईओ सुनिल बल्लभ पन्तले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले घर, गाडी, व्यावसाय, दुर्घटना बिमालगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।