नेप्से २.४५ प्रतिशतले बढ्याे

होमल्याण्ड खबर

२०७९ भाद्र २९ गते, बुधबार १५:५८ मा प्रकाशित

आज (बुधबार) सेयर बजारमा रौनकता देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको छ । नेप्से २.४५ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ९.१९ अंकले बढेर ३८५.३६ विन्दुमा पुगेको छ ।

कूल २२७ वटा कम्पनीको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

बुधबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ७३ रूपैयाँ ९० पैसा पुगेको छ ।आज एनआईसी एशिया फ्लेक्सी कयाप फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य १० प्रतिशतले घटेर ९ रूपैयाँमा झरेको छ ।