प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेसनल हस्पिटलबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ भाद्र २८ गते, बिहीबार १२:३७ मा प्रकाशित

प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेसनलहस्पिटलबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट एक्ज्युकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बिमा गराउने ग्राहकहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए तापनि बिमालेखको सीमासम्म नगदरहितको सुविधाप्राप्त गर्न सक्नेछन् ।