२४ फाल्गुन २०८२, आईतवार
रेनो नेपालका लागि आधिकारी वितरक विशाल ग्रुप अर्न्तरगतको एड्भान्स अटोमोवाइलले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ। कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो।
यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन्। यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।


‘रेनो शुभलाभ’योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, एक वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा रहेको छ।
यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने कम्पनीको विज्ञप्तीमा उल्लेख छ।