एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता

होमल्याण्ड खबर

२०७५ भाद्र ३१ गते, आईतवार १२:३१ मा प्रकाशित

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंंकास्योरेन्समार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भदौ २६ गतेका दिन सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले संयुक्त रूपमा हस्ताक्षर गरे ।