१० मंसिर २०८१, सोमबार
मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ ।
आज बिहान नगरपालिका कार्यालयले नगरभित्र रहेका १० वटै वडाका ती किसानलाई नगर प्रमुख रवीन राईले अनुदान रकम प्रदान गरे ।रतुवामाई नगरपालिकाका अधिकांश नागरिक कृषि पेशामा आवद्ध रहेकाले उहाँहरुलाई प्रोत्साहन गरी अझ व्यावसायिक बनाउन अनुदान रकम वितरण गरेको नगर प्रमुख राईले बताए । उहाँले उत्कृष्ट किसानलाई आगामी वर्षदेखि थप अनुदान प्रदान गर्ने बताए । नगरपालिकाले नगरभित्र रहेका १०० जना अगुवा किसानलाई तरकारीको बीऊ पनि वितरण गरेको छ ।