लगातार भाउ बढाएको आयल निगम भन्छ –‘घाटा अर्बमाथि’

होमल्याण्ड खबर

२०७५ आश्विन १६ गते, मंगलवार १०:५० मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु ६४ करोड ५७ लाख घाटा भएको छ ।
उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।
निगमले पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदै आए पनि घाटा बढ्दै गएको भन्नुलाई भने आश्चर्य रुपमा लिइएको छ ।
यसको गम्भीर छानबिन हुनुपर्ने देखिएको छ । चुहावट बढेको स्पष्ट छ । सीमामा पनि कडाइ गर्नुपर्ने जरुरी छ ।