९ मंसिर २०८१, आईतवार
रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ ।
बिहीबार दिउँसो उनलाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उनी घरदैलो कार्यक्रमका क्रममा त्यहाँ पुगेका थिए । गाडी सवार उनीमाथि पडाडिबाट बम प्रहार भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
सुत्ली बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा कुनै क्षति भने भएको छैन ।
चुनाव विरोधी विप्लव समूहले बम प्रहार गरेका हुन सक्ने आशंका गरिए पनि विप्लव नेतृत्वको नेकपाले भने अस्वीकार गरेको छ ।
पार्टीका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठाले आफूहरु शान्तिपूर्ण रुपमा विरोध गरिरहेको भन्दै नेकपाको नाममा तेस्रो पक्षले फाइदा उठाएको प्रतिक्रिया दिएका छन् ।