८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको व्यवस्थाअनुसार पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ पुर्याइएको हो ।
यो सीमासँगै अब नयाँ घर बनाउँदा कर्जा लिन पाउने सीमा २ करोड रुपैयाँ पुगेको छ । यसअघि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ थियो ।