८ मंसिर २०८१, शनिबार
कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। मंगलवार सार्वजनिक नयाँ ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ। १४ वटा वाणिज्य बैंकहरुले कात्तिकमा ब्याजदर घटाएका छन्।
केही बैंकले अघिल्लो पटकको भन्दा मुद्दती निक्षेपको ब्याजदर बढाएका भएपनि अघिल्लो पटक यो खातामा दिइएको अधिकतम ब्याजदरको तुलनामा भने घटेको छ। साथै, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् भने २ बैंकले भने बढाएका छन्।
एभरेष्ट बैंकले कात्तिकमा १.८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेको छ । यसअघि असोजमा बैंकले ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गरिरहेको थियो ।
यस्तै, प्राइम कमर्सियल बैंकले कात्तिकमा १.१० प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.३५८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, नबिल बैंकले कात्तिकमा १.०५४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कात्तिकमा १.०२ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, प्रभु बैंकले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, सानिमा बैंकले कात्तिकमा ०.७२९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.९५३ प्रतिशत र संस्थागततर्फ ७.९५३ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, ग्लोबल आइमई बैंकले कात्तिकमा ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, कृषि विकास बैंकले कात्तिकमा ०.२५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०११ प्रतिशत र संस्थागततर्फ ८.०११ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, कुमारी बैंकले कात्तिकमा ०.१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ ८.११ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, सिटिजन्स बैंकले कात्तिकमा ०.०९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा ०.७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९ प्रतिशत र संस्थागततर्फ ६.२९ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, नेपाल बैंकले कात्तिकमा ०.०६९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, हिमालयन बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, एनआईसी एशिया बैंकले कात्तिकमा ०.०५१ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर तोकेको थियो ।
कात्तिकमा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थीर राखेका छन् भने नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने सामान्य बढाएका छन् ।
यस्तै, माछापुच्छ्रे बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
यस्तै, नेपाल एसबिआई बैंकले कात्तिकमा ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले असोजमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।
वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।