सार्वजनिक भएको तीन महिनामा एक लाख यूनिट विक्री

होमल्याण्ड खबर

२०७५ कार्तिक २७ गते, मंगलवार १६:४२ मा प्रकाशित

टीभीएसको लेटेष्ट स्कुटर एनटर्कले सार्वजनिक भएको तीन महिनामा एक लाख यूनिट विक्री पार गरेको छ ।

भारतमा उत्पादन भएको पहिलो मोबाइल कनेक्ट हुने डिजिटल स्कुटरले यो नयाँ आँकडा भेट्टाएको हो । कम्पनीले जारीगरेको बिज्ञप्ती अनुसार अहिलेसम्म एनटर्कलाई २२ लाख ग्राहकले भिजिट गरेको र १ लाख भन्दा ज्यादाले यसलाई खरिद गरेको उल्लेख छ । स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ । यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखाउने छ ।

१२५ सीसीको इन्जिन दिइएको यसले ९.३ बिएचपी पावर र १०.५ एनएम टर्क उत्पादन गर्छ । यो स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ । स्कुटरमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि ड्रम र डिस्क दुबै ब्रेक भेरिएन्टमा उत्पादन गरिएको छ । १ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न चार रङमा उपलब्ध छन् । नाडा अटो शोमा सार्वजनिक गरिएको यो स्कुटरको नेपाली बजारमा मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ ।