२४ जेष्ठ २०८३, आईतवार
कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउने छ । जसलाई प्रशोधन मार्फत उच्च गुणस्तरको बनाईएको छ ।


किन्ले ब्राण्डको अनाबरण ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल, कोकाकोला नेपालका कन्टि्र डाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शने संयुक्त रुपमा अनावरण गरे ।
उक्त कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी बिज्ञ कबिन्द्र पुडासैनी, र डब्लुडब्लुएफका सिनियर कार्यक्रम प्रबन्धक घनश्याम गुरुङले नेपालमा पिउने पानीको हालको अवस्था र गुणस्तरका बारेमा चर्चा गरे । दुबैले कोकाकोला सँग आफुहरुको साझेदारीले उपत्यका र उपत्यका बाहिर बर्षात्मा परेको पानी जमिन मुनी पठाएर रिचार्ज गर्न सहयोग पुग्ने बताए ।
प्रडक्ट लञ्चिङ कार्यक्रममा बोल्दै नेपालको लागि कोकाकोला नेपालका कन्टि्र डाइरेक्टर अम्बुज सिंहले भने ‘किन्ले ब्राण्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको छ । हामीलाई विश्वास छ नेपालमा समेत यसले निकै राम्रो बजार पाउने छ । अघिल्लो बर्ष कोक जिरो नेपाली बजारमा ल्याएका थियौँ । र यस बर्ष किन्ले ब्राण्डलाई नेपालमा ल्याउन पाएकोमा खुसी छौँ जसले उपभोक्ताको फरक आवस्यकतालाई सम्बोधन गर्ने विश्वास छ ।’
उक्त कार्यक्रमा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले भने, ‘हामीले किन्लेको नेपालमा उत्पादन सुरु गरेका छौं । यसको शुद्धतामा कुनै सम्झौता गरिएको छैन । ८ चरणसम्म पानीको प्रोसेसिङ हुन्छ । नेपालमै उत्पादन भएको उच्च गुणस्तरको पानी नेपालभरी नै फैलाउने हामीले लक्ष्य लिएका छौं ।’
साथै उनले लन्च गरिएको किन्ले एक लिटर साइजमा बजारमा उपलब्ध हुने पानीको बजार मुल्य २५ रुपैँया रहेको जानकारी दिए ।
कार्यक्रमा बोल्दै ब्राण्ड एम्बेस्डर महानायक राजेश हमालले भन्नुभयो ‘किन्लेले मेरो विश्वास जितेको छ, मलाई विस्वास छ, यसले सारा नेपालीको विस्वास जित्ने छ ।’
किन्ले कोकाकोलाको अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन भएकाले यसको उत्पादनमा कुनै सम्झौता गरिएको हुँदैन । यसले स्टेट अफ आर्ट टेक्नोलोजीमा आधारित रहेर आफ्नो उत्पादन ल्याएको हुन्छ । त्यसैले किन्ले सधै मेरो रोजाईमा पर्ने गरेको हमालले बताए ।