साढे ३७ करोड रोजगारी अटोमेसनमा जाने

होमल्याण्ड खबर

२०७४ मंसिर १४ गते, बिहीबार ०७:४४ मा प्रकाशित

एजेन्सी

आगामी २०३० सम्ममा ३७ करोड ५० लाख रोजगारी अटोमेसनमा जाने म्याकिन्से ग्लोबल इन्स्टिच्युटले जनाएको छ । मेसिनको सञ्चालन र फास्ट फुड तयारीको क्षेत्रका रोजगारी अटोमेसनका कारण धेरै जोखिममा परेको इन्स्टिच्युटले जनाएको छ ।
“मानिस सुरुका २० वर्षसम्म विद्यालय जाने र अर्को ४० देखि ५० वर्षसम्ममा काम गर्ने स्थिति तोडिने भएको छ,” म्याकिन्से ग्लोबल इन्स्टिच्युटका साझेदार र प्रतिवेदनका सहलेखक सुसान लन्डले बताइन् ।
“तपाईंको करियरको अवधिभर सिकाइ र तालिमको अवस्थाका बारेमा सोच्नुपर्ने अवस्था आएको छ,” उनले बताइन् । मानिसले गर्ने रोजगारी १९०० को सुरुदेखिकै ठूलो संक्रमणको अवस्थामा पुगेको लेखकको विश्वास छ । उक्त समयमा कामदारहरू कृषिबाट कारखानातर्फ गएका थिए । अटोमेसनका कारण मार्सल प्लानअनुसार अगाडि बढ्नुपर्ने अवस्था आएको छ । अमेरिकाले दोस्रो विश्वयुद्धपछि पश्चिमी युरोपको पुनर्निर्माणका लागि अर्बौं डलरको खर्च गरेजस्तै खर्च गर्नुपर्ने अवस्था आएको बताइएको छ ।
यस किसिमको योजनामा निजी र सार्वजनिक क्षेत्रबाट नयाँ तालिमको कार्यक्रम र श्रम बलको संक्रमणको कार्यक्रमका लागि ठूलो लगानीको आवश्यकता भएको औंल्याइएको छ ।
विद्यमान चुनौतीका बाबजुद कामदार कसरी अगाडि बढ्न सक्छन् भन्ने विषयमा सार्वजनिक गरेको छ । १९८० को दशकमा व्यक्तिगत कम्प्युटरको उदयले केही रोजगारी खोसेको थियो । यसले धेरै भूमिका निर्वाह गरेको थियो । नयाँ सीपको विकास गर्ने इच्छा राख्ने कामदारले मात्रै नयाँ काम पाउने अवस्थाको सिर्जना हुने प्रतिवेदनमा उल्लेख छ ।
“रोबोटले हाम्रो रोजगारी खोस्ने अवस्था बढाइचढाइ रूपमा प्रस्तुत गरिएको छ,” लन्डले बताइन् । काम अटोमेटेड भएको छ, तर धेरै क्षेत्रमा जो–कोहीलाई पनि पर्याप्त रोजगारी हुनेछ ।
मानिसको व्यवस्थापन गर्ने, सामाजिक अन्तत्र्रिmया तथा विज्ञको परिचालनजस्ता रोजगारी अटोमेसनले खोस्ने अपेक्षा नगर्नका लागि लेखकले आग्रह गरेकी छन् । गार्डनर, प्लम्बर, शिशु र बूढापाकाको हेरचाह गर्ने लगायतका रोजगारी अटोमेसनबाट कम जोखिममा परेका रोजगारी हुन् । यदि आगामी समय राम्रोसँग व्यतीत गर्ने हो भने मानिसलाई तीव्र दरमा सीप सिकाउन आवश्यक भएको उनले बताइन् ।