९ मंसिर २०८१, आईतवार
हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको गत मंसिर ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गर्न कम्पनीलाई बाटो खुल्नेछ । गत मसान्तमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । उक्त पुँजीमा कम्पनीले १५ प्रतिशतका दरले ५ करोड ७७ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ ।