९ मंसिर २०८१, आईतवार
बैंकको १८औं वार्षिक साधारणसभाले शुक्रबार सेयरधनीहरूलाई हालको चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष ०७३÷७४ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आगामी ३ वर्षका लागि जेपी राजवाहक एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पनि गरेको जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रहेकोमा उक्त साधारणसभाले पारित गरेबमोजिम बोनस सेयर जारी गर्दा बैंकको चुक्तापुँजी ८ अर्ब ५ करोड पुग्नेछ । बैंकले सोहीअवसरमा नयाँबजार, पोखरास्थित नयाँ एटीएम काउन्टरको समेत उद्घाटन गरेको छ । बैंकले आव ०७४।७५ को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख खुदमुनाफा आर्जन गरेको छ । साथै ०७४ असोज मसान्तसम्ममा ६० अर्ब ३० करोड निक्षेप परिचालन गरी ५४ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ