बुद्धनगरस्थित फर्निचर उधोगमा आगलागी

होमल्याण्ड खबर

२०७५ मंसिर ११ गते, मंगलवार १२:२० मा प्रकाशित

राजधानीको बुद्धनगरस्थित काठ उधोगमा आगलागी हुँदा करोडौं रुपैयाँबराबरको नोक्सान एको छ । सोमबार अपरान्ह राजु कार्की सञ्चालक रहेको गौरीशंकर फर्निचर उघोगमा आगलागी भएको हो ।

आगलागीबाट उधोगमा रहेका सम्पूर्ण फर्निचर जलेर नष्ट भएको छ । कार्कीले आगलागीबाट ५ करोडभन्दा बढीको फर्निचर जलेको बताए । आगलागीको कारण नखुले पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने हुन पाएन । भीषण रुपमा फैलिएको आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो । समयमै आगो नियन्त्रणमा आएका कारण नजिकैको घरमा सर्नबाट रोकिएको प्रहरीले जनाएको छ । आगो निभाउन काठमाडौं र भक्तपुरका १० वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।