११ मंसिर २०८१, मंगलवार
संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको राय पेस गर्न निर्देशन दिएको छ । लेखा समितिले अध्ययन गरेर सात दिन भित्र राय पेस गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो ।
लेखा समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरिएको थियो। बैठकमा कार्यालयका सचिव मधु घिमिरेले १ हजार घण्टा उडेको विमान ल्याइएको भनिएको बताउँदै सिधै कम्पनीसँग नयाँ विमान किन्दा कमिसन रकम सरकारलाई आउने बताएका थिए ।
बैठकमा उनले अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए ।