एसयूभी विश्वकै तीव्र गतीको एसयूभी कार सार्वजनिक

होमल्याण्ड खबर

२०७४ मंसिर २० गते, बुधबार ०५:५२ मा प्रकाशित

एजेन्सी

हालैमात्र इटालीमा सार्वजनिक गरिएको ल्यामबोर्घिनी एसयूभी विश्वकै तीव्र गतीको एसयूभी कार हुने हपेक्षा अटोनिर्माताहरूले गरेका छन् ।यो सवारी उरुसमा ६५० हर्सपावरको टर्बोचार्ज भी–८ र ८ स्पिडको ट्रान्समिसन हुने बताइएको छ । सवारीमा राखिएका यी क्षमताले सवारीलाई प्रतिघण्टा १ सय ९० माइलको गतिमा गुड्नका लागि सहयोग गर्नेछ ।
अविश्वसनीय गतिबाहेक २ लाख डलर पर्ने एसयूभीले लामो समयदेखि अधिक महँगो र उच्च भूमिकाको स्पोर्ट कारलाई व्यापक परिवर्तन गर्ने अपेक्षा गरिएको छ । ल्यामबोर्घिनीले हाल नयाँ एसयूभीले अन्य मोडलको संयुक्तभन्दा पनि राम्रो भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ । यसले कार निर्माताको वार्षिक बिक्रीलाई दोब्बर पार्ने अपेक्षा गरिएको छ । २०१९ मा यो सवारी आएसँगै ल्यामबोर्घिनीको बिक्री ७ हजार पुग्ने अपेक्षा गरिएको छ ।

प्राविधिक रूपमा भन्नुपर्दा यो ल्यामबोर्घिनीको दोस्रो एसयूभी हो । पहिलो कार एलएम–००२ १९८० को दशकमा उत्पादन गरिएको थियो । यो कार ३ सयको संख्यामा उत्पादन गरिएको थियो ।१९० माइल प्रतिघण्टाको गतिसँगै ल्यामबोर्घिनी उरुस विश्वकै तीव्र गतिको एसयूभी हुनेछ ।केही महिनाअगाडि लिबरम्यानलाई उरुसको प्रारम्भिक संस्करणको उत्पादन गर्न अनुमति दिइएको थियो ।लिबरम्यानको गति अधिकतम १ सय ६५ माइलप्रति घण्टाको थियो ।