९ मंसिर २०८१, आईतवार
क्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वार्षिक साधारणसभाले चुक्ता सेयर पुँजीको ३०.१२ प्रतिशतका दरले बोनस सेयर र उक्त बोनस सेयर वितरण गर्दा कर मिलान प्रयोजनार्थ १.५९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै साधारणसभाले सर्वसाधारण समूहका सेयरधनीहरू मध्येबाट पुरुषोत्तम लम्साललाई सञ्चालकमा निर्वाचित गरेको छ । आव ०७३।७४ मा १५ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा ३ अर्ब ९३ करोड रुपैयाँ छ भने निक्षेप संकलन ४ अर्व ५१ करोड रुपैयाँ रहेको बताइएको छ । १२ औँ वार्षिक साधारणसभाबाट पारित बोनस सेयर तथा चालू आवमा निष्कासन गरिएको हकप्रद सेयरपश्चात् बैंकको चुक्तापुँजी ६९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङका विभिन्न २१ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।