महालक्ष्मी विकास बैंकले खोल्यो दमौलीमा शाखा

होमल्याण्ड खबर

२०७५ मंसिर १९ गते, बुधबार १६:२४ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले तनहुँस्थित दमौलीमा शाखा खोलेको छ। शाखाको उद्घाटन ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले गरेका छन्।
शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको बताए।

उनले आगामी दिनमा शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गर्नेसमेत बताए। बैंकको अहिले ८५ वटा शाखा तथा ३५ वटा एटिएम छन्।
बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ छ। बैंकसँग २७ अर्ब ४ करोड निक्षेप र २४ अर्ब ४१ करोड ऋण लगानी छ।