९ मंसिर २०८१, आईतवार
एनएमबी बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) बीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
एनएमबी बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा आशयपत्र हस्ताक्षर भएको हो । उक्त सम्झौताअनुसार एनएमबी बैंकसँगको सहकार्यमा एफएनसीएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार सदस्यहरूमाझ सञ्चालन गर्नेछ जसमध्ये ९ हजार सदस्य महिला उद्यमी छन् ।
वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमीहरूको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरूलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरूले प्रभावकारी आर्थिक निर्णयहरू लिन सक्षम हुने बैंकका विश्वाश छ ।
आशयपत्रमा एनएमबी बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृ गोविन्द घिमिरे र एफएनसीएसआईको तर्फबाट महासचिव डम्बरप्रसाद रेग्मीले हस्ताक्षर गरे । एनएमबी बैंकमा एफएमओ, नेदरल्याण्ड्ससँग १७ प्रतिशत लगानि छ र बैंक लगातार २०१७ र २०१८ का लागि ‘बैंक अफ दि एयर’ अवार्डबाट सम्मानित भएकोे छ । हाल यस बैंकले ११० शाखा कार्यालयहरूमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।