११ मंसिर २०८१, मंगलवार
तीन दिनदेखि उकालो लागिरहेको बहुमूल्य धातु सुनको भाउ मंगलबार (आज) एकैचोटि ६ सय बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । यो भाउ मंसिर महिना सुरु भएयताकै सबैभन्दा उच्च हो ।
यसअघि गत कात्तिक २० गते सुनको भाउ तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ ।
हिजो सोमबार तोलामा ४ सय बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलाको ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको दाँजोमा मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ सयका दरले बढेर ६० हजार रुपैयाँ कायम भएको हो । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ पुगेको छ । सोमबार तेजाबी सुन तोलाको ५९ हजार १ सय र चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंसिर २५ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ तोलाको अधिकतम ६० हजार रुपैयाँसम्म पुगेको छ । यसअघि मंसिर २४ गते ५९ हजार ३४ सय, २३ गते ५९ हजार, मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर १८ मा छापावाल सुनको भाउ प्रतितोला ५८ हजार ३ सय, मंसिर १९ मा ५८ हजार ४ सय, मंसिर २० मा ५८ हजार ७ सय, मंसिर २१ मा ५८ हजार ५ सय, मंसिर २३ मा ५९ हजार र मंसिर २४ मा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।