९ मंसिर २०८१, आईतवार
आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच ‘आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सोमवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल बंगलादेश बैंक लिमिटेड ‘आईएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आईएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्ने जनाएको छ । साथसाथै नेपाल बंगलादेश बैंकका सेवाग्राहीहरूले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने पनि जनाएको छ ।