९ मंसिर २०८१, आईतवार
कैलाश विकास बैंकले १.५ गुणा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।
यो योजनामा सहभागी निक्षेपकर्ताले आफ्नो जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । एक लाखको न्यूनतम मौज्दात मै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले बताएको छ ।
यसका अलावा बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ । जसमा संस्थागत निक्षेपकर्ताका लागि ११.७५ प्रतिशत र व्यक्तिगत निक्षेपकर्ताका लागि १२.५० प्रतिशत ब्याज दिइनेछ भने निक्षेप अवधि १ देखि ३ वर्ष रहने बताइएको छ । यी निक्षेप योजनाहरू सीमित अवधिका लागि मात्र रहने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।