११ मंसिर २०८१, मंगलवार
सरकारले साना किसानहरूको ऋण मिनाहा गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी गराएका हुन् ।
मन्त्री बाँस्कोटाले साना किसानहरूले कृषि विकास बैंकबाट लिएको ऋण मिनाहा गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।
कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।