कपडा उधोगलाई सरकारको अनुदानै अनुदान

होमल्याण्ड खबर

२०७५ मंसिर २८ गते, शुक्रबार १०:४५ मा प्रकाशित

सरकारले नेपाली कपडा उधोगलाई विभिन्न शिर्षकमा अनुदान दिने निर्णय गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कपडा उधोग संघले उठाएका मागबारे अध्ययन गर्न गठित कार्यदलले दिएका सुझाव कार्यन्वयन गर्ने निर्णय गरेको सरकार प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

उनले स्वदेशी कपडा उधोगलाई प्रतिस्पर्धी र दिगो बनाउन सरकारले विभिन्न शीर्षकमा अनुदान दिने निर्णय गरेको जानकारी दिए ।

क्याविनेटले कपडा उधोगलाई भन्सार करमा अनुदान, विद्युत महशुलमा अनुदान र बैंक ऋणको ब्याजमा अनुदान दिने निर्णय गरेको हो ।
प्रवक्ता बाँस्कोटाका अनुसार कपडा उधोगका लागि ल्याउने मेशिसन, स्पेयर्स पार्ट्स, केमिकल, लगायतका वस्तुमा १ प्रतिशतमात्र कर लगाउने निर्णय गरेको छ । यस्तै ५० प्रतिशत विधुत महशुलमा अनुदान दिने निर्णयसमेत गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

सरकारले कपडा उधोगले लिएको वा लिने बैंक ऋणमासमेत पाँच प्रतिशत ब्याज अनुदान दिने बताए ।