श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको हात्तीगौंडामा शाखा स्थापना

होमल्याण्ड खबर

२०७५ पुष १ गते, आईतवार ११:५२ मा प्रकाशित

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफनो एघारौं शाखा कार्यालय बूढानिलकण्ठ–८, हात्तीगौंडामा बुधबारबाट सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी, क्रमशः ९ औं र १० औं शाखा सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधबार नै रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याएइको कम्पनीले जनाएको छ ।

विगत २४ वर्षदेखि डिल्लीबजारमा केन्द्रीय कार्यालय रही वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस वित्तीय संस्थाले उक्त क्षेत्रका बासिन्दालाई छिटोछरितो रूपमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखेको पनि जनाएको छ ।

हाल यस वित्तीय संस्थाको देशभरीका विभिन्न ११ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । निकट भविष्यमा काठमाडौं उपत्यकाभित्रका अन्य २ स्थानमा समेत शाखा कार्यालय स्थापनाको तयारी भइरहेको छ ।