११ मंसिर २०८१, मंगलवार
दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारको पुलघाट स्थित पदम बडालको फेन्सी पसल, बडाल कम्पलेक्समा सोमबार राति आगलागी भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पसलमा आगलागी हुँदा लाखौँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नेपाल भारत जोड्ने सीमा पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय अगाडि रहेको पसलमा आगलागी भएपछि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीयहरुले महाकाली नदिबाट पानी बोकेर आगो निभाएका हुन् ।
विधुत सर्ट सर्किट भई सो आगलागी भएको अनुमान गरिएको छ । राती सवा नौ बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । क्षतिको बितरण एकीन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । फेन्सी पसलमा आगलागी, लाखौँको क्षति
दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारको पुलघाट स्थित पदम बडालको फेन्सी पसल, बडाल कम्पलेक्समा सोमबार राति आगलागी भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पसलमा आगलागी हुँदा लाखौँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नेपाल भारत जोड्ने सीमा पुलको नजिकै रहेको छोटी भन्सार कार्यालय अगाडि रहेको पसलमा आगलागी भएपछि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीयहरुले महाकाली नदिबाट पानी बोकेर आगो निभाएका हुन् ।
विधुत सर्ट सर्किट भई सो आगलागी भएको अनुमान गरिएको छ । राती सवा नौ बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीयको १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । क्षतिको बितरण एकीन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।