नेपाल रिको सञ्चालकमा महेश बराल नियुक्त

होमल्याण्ड खबर

२०८२ श्रावण १५ गते, बुधबार १२:१० मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका सहसचिव महेश बराल नियुक्त भएका छन्। अर्थ मन्त्रालयको साउन १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गरिएको हो।

कम्पनीका अनुसार, साउन १३ गतेदेखि लागू हुने गरी उनले समूह ‘क’ नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन्।