२३ फाल्गुन २०८२, शनिबार
शुक्रबार अहिलेसम्मकै उच्च रहेको सुनको मुल्य आज घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । भाउ घटेर आज सुन तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँसहित कीर्तिमान बनाएको थियो ।
आज चाँदीको मुल्य भने बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार तीन सय २५ रुपैयाँ थियो ।

