सेयर बजार २७१९ अंकमा झर्‍यो, बढ्यो कारोबार

होमल्याण्ड खबर

२०८२ भाद्र १९ गते, बिहीबार १६:३४ मा प्रकाशित

बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६.५५ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ । आज बजार अन्तिम ४० मिनेटमा सम्हालिएको छ ।

भारित औसत गणनाअघि १ अंकमुनि रातो रहेको बजार गणनापछि ६ अंक घटेको हो । २ : २० बजे २७०३ अंकसम्म झरेको सेयर बजार त्यसपछि सम्हालिँदै उकालो गति लिए पनि हरियो हुन सकेन । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो । ८५ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतमुनि रह्यो । बैंकिङ ०.३१, विकास बैंक ०.३८, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.६५, लगानी ०.३१, जीवन बीमा ०.३९, माइक्रोफाइनान्स ०.१५, उत्पादन तथा प्रशोधन ०.१९, निर्जीवन बीमा ०.१०, तथा अन्य समूह ०.५० प्रतिशत घटे ।