‘तेल चोर’ लाई कारबाही फुकुवा माग

होमल्याण्ड खबर

२०७५ पुष १० गते, मंगलवार ११:४० मा प्रकाशित

पेट्रोलियम ढुवानी व्यवसायीले तेल चोरी गर्ने ट्यांकरको कारबाही फुकुवा गर्न माग गरेको समाचार आजको कान्तिपुरले पन्ध्रौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, पेट्रोलियम ढुवानी व्यवसायीको संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उधोग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई ज्ञापनपत्र बुझाउँदै कारबाही पुकुवा गर्न माग गरेका हुन् ।

उनीहरुले कारबाहीको निर्णयहरु फिर्ता लिई तुरुन्त सञ्चालन गर्न वातावरण बनाउन धम्कीसमेत दिएका छन् ।