आज सुनको मुल्य तोलामा ७०० घट्यो

होमल्याण्ड खबर

२०८२ कार्तिक १३ गते, बुधबार ११:३२ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। अघिल्लो दिन मंगलबार २९०० ले घटेको सुन आज ७ सय रुपैयाँले घटेको हो। त्यसअघि सोमबार २ हजार र आइतबार ११ हजार रुपैयाँ बढीले सुनको मूल्य घटेको थियो।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३६ हजार ३०० कायम भएको छ। आज चाँदीको भाउ भने वृद्धि भएको छ। तोलामा ४५ रुपैयाँले बढेर एक तोलाको २ हजार ९६५ रुपैयाँ पुगेको छ।

मंगलबार एक तोला चाँदी २ हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो।