आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

होमल्याण्ड खबर

२०८२ कार्तिक १४ गते, बिहीबार १२:५० मा प्रकाशित

आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ। लामो समयदेखि उतारचढाब हुँदै आएको सुनको मूल्य आज स्थिर रहँदै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम रहेको हो।

यस्तै चाँदीको मूल्यमा भने बिहीबार सामान्य वृद्धि भएको छ। बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।