२७ सयले बढ्यो सुनको मुल्य

होमल्याण्ड खबर

२०८२ कार्तिक १५ गते, शुक्रबार ११:१२ मा प्रकाशित

आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै वृद्धि भएको छ । यस दिन सुनको भाउ तालामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

हिजो बिहिबार तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ८० रूपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा उक्लिएको छ ।