नेप्सेमा ११.१२ अंकको गिरावट

होमल्याण्ड खबर

२०८२ कार्तिक २१ गते, बिहीबार १५:३२ मा प्रकाशित

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ११।१२ अंकले घटेर २५९६।१२ को विन्दुमा झरेको छ ।

नेप्सेमा यसदिन ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड माथिको सेयर कारोबार भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक ३० करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ३० करोड ७६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्ट्रिलरीको २७ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, माबिलुङ इनर्जीका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका छन् ।

सम्पदा लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।