२२ फाल्गुन २०८२, शुक्रबार
आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।


यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ । पछिल्लो साता सुनचाँदीको मूल्यमा ठुलो हलचल देखिएको छैन ।