आज सुनको मुल्य ४ हजार ९ सयले बढ्यो

होमल्याण्ड खबर

२०८२ कार्तिक २६ गते, मंगलवार ११:२० मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ। मंगलबार सुन ४ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ९०० रुपैयाँ बढेर प्रतितोला सुनको मूल्य २ लाख ४६ हजार ४०० कायम भएको छ।

अघिल्लो दिन सोमबार २९ सयले बढेर एक तोला सुन २ लाख ४१ हजार ५०० मा खरिदबिक्री भएको थियो।

सुनको मूल्य वृद्धि भएसँगै चाँदी पनि महंगिएको छ। आज प्रतितोला चाँदी ३ हजार १७० रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।