२२ फाल्गुन २०८२, शुक्रबार
स्वास्थ्य कार्यालय, बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोक कुमार सिंहसहित छ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
आज विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध मुद्दा दर्ता गराएको हो ।


आयोगका अनुसार निम्न प्रतिवादी उपर भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ:
उनीहरू विरुद्ध जिल्ला बाजुरा, हिमाली गाउँपालिका, वडा नं. ६ स्थित प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको आरोप रहेको छ ।
सोही कारण निर्मित संरचनासमेत भग्नावशेषको अवस्थामा रहेको छ ।
छब्बीस लाख पन्ध्र हजार दुई सय छ रुपैयाँमा बि.स 2076 जेष्ठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी स्वास्थ्य कार्यालय, बाजुरा र प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।
अनुमानमा उल्लिखित दररेटको नै झुट्ठा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी रु. १५,०८,५५७ पूरै भुक्तानी लिएको देखिएको छ ।