२२ फाल्गुन २०८२, शुक्रबार
सेयर कारोबार मापक नेप्से परिसूचक ५.३२ अंकले बढेको छ । सोमबार ५० अंकले बढेको थियो ।
सोमबारको तुलनामा मंगलबार ०.२० प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ५५ दशमलव ९९ विन्दुमा उक्लिएको छ ।
कारोबारमा आएकामध्ये १२२ कम्पनीको सेयर मूल्य बढ्यो, १२५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।


सो दिन कुल १ लाख २ हजार ६४२ पटकको सेयर कारोबारमा १ करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम सोमबार तुलनामा घटेको हो । सोमबार ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये विकास बैंक, जीवन बिमा, सामूहिक लगानी कोष र व्यापारबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा वृद्धि भएको हो ।