२४ जेष्ठ २०८३, आईतवार
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक षड्यन्त्र (कु) गरेको अभियोगमा २७ वर्षको सुनाएको छ।यो फैसला मंगलबार आएको हो।
७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भए पनि सत्तामा रही रहनका लागि वर्तमान राष्ट्रपति लुला डी सिल्भाको सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप छ।


सुनुवाइका क्रममा बोल्सोनारोको कानूनी टोलीले अदालतको फैसला विरुद्ध अन्तिम पुनरावेदन नगरेपछि न्यायाधीश अलेक्जान्द्रे मोराएसले २७ वर्षको सजाय लागू गर्ने आदेश दिए।
न्यायाधीशले बोल्सोनारोलाई हाल राजधानी ब्रासीलियाको फेडरल पुलिस हेडक्वार्टरमै राख्न आदेश दिएको छ। त्यहाँ उनी शनिबारदेखि नै ‘भाग्न सक्ने आशंका’ का कारण पहिले नै ‘प्री-अरेस्ट’ मा छन्।