२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेको हो । बिहीबार तोलामा दुई लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ५२ हजार ४ सयमा कारोबार भइरहेको छ ।


यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ७० रूपैयाँले घटेर चाँदी ३ हजार ५ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।