लगातार छैटौं दिन घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

होमल्याण्ड खबर

२०८२ मंसिर २३ गते, सोमबार १५:४५ मा प्रकाशित

लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ ।

गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो । केही नीतिगत सहजताका बाबजुत पनि राजनीतिक अस्थिरता, चुनावको अनिश्चितताजस्ता प्रमुख कारण लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन ।