आज सुनको मुल्य घट्दा चाँदीको बढ्यो

होमल्याण्ड खबर

२०८२ मंसिर २४ गते, मंगलवार ११:५३ मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको थियो ।

यता, सोमबार प्रतितोला तीन हजार पाँच सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।